इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

कार्तिक २५ गते । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने कतारको भनाइ छ । अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । कतारले इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको थियो । तर अहिले मध्यस्थताको भूमिकाबाट आफैं अलग भएको कतारको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारले कुनै सम्झौतामा पुग्नका लागि अन्तिम प्रयास स्वरुप १० दिन अघि सबै पक्षलाई सूचना दिएको थियो कि यदि वार्ता निष्कर्षविहीन भएमा मध्यस्थताको भूमिकाबाट हामी आफैं अलग हुनेछौं ।’ युद्ध अन्त्यको प्रस्ताव हमासले नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको जनाएको छ । कतारको राजधानी दोहामा हमासको राजनीतिक सन् २०१२ देखि सञ्चालित छ ।

श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने
मंसिर ८ गते । श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठायो : अमेरिका
कात्तिक १३ गते । उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा

मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयो
असोज १७ गते । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली







प्रतिकृया दिनुहोस