फुङ्लिङ ६ का कृषकले पाए ७०प्रतिशत अनुदानमा सुन्तलाको बिरुवा

रेडियो ताप्लेजुङ
भाद्र १ गते ।फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले ७० प्रतिशत अनुदानमा कृषकलाई सुन्तलाको बिरुवा वितरण गरेको छ।
सुन्तलाको खेती गर्न उपयुक्त हुने तल्लो भेगका ४८ जना कृषकलाई कुल ९६५ बिरुवा वितरण गरिएको वडाध्यक्ष मदन गुरुङ (तेज)ले जानकारी दिनुभयो।
उहाँका अनुसार कलमी गरिएको बिरुवा वितरण गरिएको हो । रोपिएको बिरुवा राम्रोसँग सर्ने तथा उत्पादन पनि राम्रो हुने भएकाले कलमी गरिएको बिरुवा प्रदान गरिएको ।
“वृक्षरोपण गरौँ, वातावरण संरक्षण गरौँ, आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनौँ।” भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रम अन्तर्गत सोमबार वडा कार्यालयमा विशेष कार्यक्रम गरी बिरुवा वितरण गरिएको हो । उक्त कार्यक्रम फुङ्लिङ नगरपालिका उपप्रमुख भीमा देवी ओझाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।
सुन्तला खेतीको प्रवर्द्धन, कृषकलाई प्राप्त हुने लाभ, फलफूल उत्पादनमार्फत आयआर्जन वृद्धि तथा वृक्षरोपणबाट हुने वातावरणीय फाइदाका विषयमा कार्यक्रममा उपस्थित अतिथिहरूले आफ्नो धारणा राख्नुभयो। साथै, नगरपालिकाका कृषि प्रसार अधिकृत शसुप्रभा निरौलाले कलमी प्रविधिबाट उत्पादित सुन्तलाका बिरुवाको महत्व, उचित रोपण विधि तथा बिरुवाको संरक्षण र हेरचाहका विषयमा कृषकहरूलाई जानकारी गराउनुभयो।
तल्लो क्षेत्रका कृषकहरूलाई सुन्तला खेतीतर्फ प्रोत्साहित गर्दै फलफूल उत्पादनमा वृद्धि, कृषकको आयआर्जनमा सुधार, कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय स्तरमै आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको ६ नम्बर वडाले जनाएको छ।

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस