ताजा खबर

श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने

SITENAME


  मंसिर ८ गते । श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले सस्ता तर इन्धन किफायती गाडी दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले सांसदहरूले आफ्नै खर्चमा पनि विलासी गाडी किन्न नपाउने बताउनुभएको छ । करको पैसालाई प्रभावकारी तरिकाले प्रयोग गर्नका लागि यस्तो निर्णय लिइएको भन्दै उहाँले सरकारले खर्च कम गर्न थुप्रै सुधारहरू थाल्ने बताउनुभएको खबरमा उल्लेख छ । सरकारले दिएका गाडी सांसदहरूले आफ्नो कार्यकालभित्र मात्रै प्रयोग गर्न पाउनेछन् ।

श्रीलङ्काले यसअघि हरेक सांसदलाई भन्सार शुल्क नलगाई विलासी गाडी आयात गर्ने र स्वामित्व लिने अवसर दिएको थियो । तर अहिले निर्वाचित भएको कम्युनिस्ट बहुमत सरकारले यस्ता सुविधा र छुट नदिने बताएको छ ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेले पहिलेको सरकारले दिएका अनावश्यक छुटलाई हटाउने अभियान चलाउनुभएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

  कार्तिक २५ गते । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा

SITENAME

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठायो : अमेरिका

  कात्तिक १३ गते । उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा

SITENAME

मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयो

  असोज १७ गते । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली