ताजा खबर

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठायो : अमेरिका

SITENAME


  कात्तिक १३ गते । उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको अमेरिकाले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यस्तै उत्तर कोरियाले रुसमा सैनिक पठाएकोप्रति दक्षिण कोरियाले चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको खबरमा उल्लेख छ । दक्षिण कोरियाले युक्रेनविरुद्ध लड्न लामो समयदेखि उत्तर कोरियाले रुसलाई आणविक–सशस्त्र हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि उसले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको दक्षिण कोरियाको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गएको हप्ता सरकारी मिडियामा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताउनुभएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजार जनासम्म सैनिक पठाउन सक्ने चेतावनी दिनुभएको छ । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने

  मंसिर ८ गते । श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले

SITENAME

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

  कार्तिक २५ गते । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा

SITENAME

मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयो

  असोज १७ गते । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली