आज देखि परम्परागत सांस्कृतिक नाच लाखे नाच सुरु

प्रिशा बस्नेत , साउन २६ गते ।
ताप्लेजुङको फुङ्लिङ बजारमा आज देखि परम्परागत सांस्कृतिक नाच गठेमंगल पर्व अर्थात् घण्टाकर्ण लाखे नाचको सुरुवात भएको छ । साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेषगरी ताप्लेजुङ सहित देशका विभिन्न ठाउँमा आजबाट यो पर्व मनाउ सुरु गरिएको छ । अहिले फुङ्लिङ ४ भिन्तुना डाडाँमा रहेको नेपाल भाषा तथा सास्कृतिक समाजको भवनमा कार्यक्रमको सुभारम्भ भएको छ । आजबाट सुरु गरिएको यो पर्व दिनहु जसो सदरमुकाममा लाखेनाच प्रर्दशन गरि मनाउने चलन छ । स्थानीय मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको लाखे नाच यस वर्ष पनि फुङ्लिङ बजारमा सुरु गरिएको हो ।
नाचमा स्थानीय संस्कृति झल्काउने विभिन्न भेषभूषा, बाजागाजा र नृत्य प्रस्तुत गरिने गर्दछ । नाखे नाच ताप्लेजुङको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा भएकाले यसको संरक्षणमा स्थानीय समुदाय तथा नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको नेपाल भाषा तथा सास्कृतिक समाज ताप्लेजुङका अध्यक्ष संकर श्रेष्ठले बताउनु भयो । आजका दिन भूतप्रेत पन्छाउने भन्दै नर्कटलाई छवाली, सिस्नो, नाङ्लो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ ।

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस