पापुङमा महिलाहरूका लागि उद्घोषणकला सम्बन्धी तालिम सम्पन्न

रेडियो ताप्लेजुङ
अषाढ १८ गते ।मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङमा महिलाहरूका लागि १० दिने उद्घोषण कला तालिम बुधबार सम्पन्न भएको छ।
मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोग तथा 'लाम्साङ / मिक्लादेन टोल विकास समिति 'को आयोजनामा सञ्चालित तालिममा स्थानीय ४० जना महिलाहरूको सहभागिता रहेको थियो।
समाजका विभिन्न गतिविधिहरूमा महिलाहरूको सहभागितालाई बढाउने उद्देश्यले सञ्चालित तालिममा महिला नेतृत्व विकासलाई विशेष जोड दिइएको आयोजक संस्थाले बताएको छ।
संस्थाका अध्यक्ष सोनाम टाँसी शेर्पाका अनुसार बोल्नका लागि धेरै डराउने गरेका सहभागीहरूले कार्यक्रम समापनसम्ममा आफूमा निखारता ल्याएका थिए । सहभागीहरू मध्यबाट नै एकजनालाई कार्यक्रमको समापन गर्ने जिम्मेवारी प्रदान गरिएको शेर्पाले जानकारी दिनुभयो ।
५ नम्बर वडा कार्यालय को भवनमा भएको उक्त तालिममा सहजकर्ताको भूमिकामा शान्ता आङ्बुहाङ रहनुभएको आयोजकले बताएको छ।

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु
रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका
रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत
रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको







प्रतिकृया दिनुहोस