ताजा खबर

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

SITENAME

किरण गदाईली
ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द म्याच’बन्ने खेलाडीलाई पुरस्कार स्वरूप अलैँची प्रदान गरिने भएको छ। ७ हजार मूल्य बराबरको अलैँची प्रदान गरिने आयोजक लाखेजात्रा सञ्चालन समितिका वरिष्ठ उपाध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । 
उक्त पुरस्कार फङ्फङ्देन पर्यटन विकास समिति मिक्वाखोला गाउँपालिका ४ साँवाले प्रायोजन गरेको हो।
बिहीबार पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष  सागर मादेनलाई ६० हजार मूल्य बराबरको अलैँची प्रदान गर्नुभएको हो ।  
नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला तथा मुख्य नगदे बाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ अलैँचीलाई पुरस्कारको रूपमा राखिएको आयोजकले बताएको छ। 
सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष थेवेका अनुसार ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने टिमका खेलाडीहरूको प्रशिक्षण सदरमुकाम बाहिर जारी छ । आठराई त्रिवेणी गाउँपालिकाको चाँगेस्थित चाँगे माध्यमिक विद्यालयको खेलमैदानमा २१ खेलाडी प्रशिक्षणमा रहेका छन् । सदरमुकामदेखि नजिकै पर्ने उत्कृष्ट मैदान भएकाले यस वर्ष उक्त स्थानमा प्रशिक्षण गराइएको थेबेले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।उनीहरूलाई प्रशिक्षक डिके मादेन र रमेश चङबाङले प्रशिक्षण दिँदै हुनुहुन्छ । 
प्रतियोगिता स्थल भानु जन माध्यमिक विद्यालयमा बाँसको अस्थायी प्याराफिट निर्माणको काम समेत अन्तिम अन्तिम चरणमा पुगेको छ।  
लाखे जात्रा पर्वको अवसरमा ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भाद्र १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस
SITENAME

गणेश लङ्वाको अध्यक्षतामा ताप्लेजुङमा खो-खो कार्यसमिति गठन

ताप्लेजुङ  श्रावण ३१ गते ।ताप्लेजुङमा जिल्ला स्तरीय 'खो-खो' कार्यसमिति गठन गरिएको छ।  आइतबार गणेश लङ्वाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

SITENAME

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित ) 

किरण गदाइली ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक टिमबाट खेल्ने १७ खेलाडी छनोट भएका छन्

SITENAME

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता

किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ।  कुलकर्ण फुट्सल