ताजा खबर

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित ) 

SITENAME

किरण गदाइली
ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक टिमबाट खेल्ने १७ खेलाडी छनोट भएका छन् । सदरमुकाम फुङ्लिङ स्थित पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार र मङ्गलबार गरी दुई दिन खेलाडी छनौट गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिका वरिष्ठ उपाध्यक्ष अशोक थेबेले जानकारी दिनुभएको छ। 
थेबेका अनुसार प्रतियोगितामा आयोजक टिमको तर्फबाट सहभागिता जनाउन चाहने जिल्लाका विभिन्न पालिकाका खेलाडीहरू मध्ये उत्कृष्टताको आधारमा १७ जनालाई छनोट गरिएको हो ।
जसअनुसार फुङ्लिङ नगरपालिकाबाट ७ जना खेलाडी जिल्लाको टिमबाट  खेल्नेछन् । फुङ्लिङ नगरपालिकाबाट सहभागी खेलाडीहरूमा गोलरक्षकमा आकाश लिम्बु र सुहाङ लिम्बु रहेका छन् । फरवार्ड पोजिसनबाट पवन लिम्बु,विवेक मादेन र मन्जित लिम्बु रहनेछन्  भने फुङ्लिङका अन्य दुईजनामा भाइचुङ शेर्पा र प्रनिस गुरुङले डिफेन्डर पोजिसनबाट खेल्नेछन्।
फक्ताङलुङबाट तीन खेलाडी छनोट भएका छन्। छनौट हुने खेलाडीहरूमा सविन लिम्बु मिडफील्डर पोजिसनमा,दिपेश लिम्बु फरवार्ड पोजिसनमा र नवीन खवास डिफेन्डर पोजिसनमा रहेका छन्। 
आठराई त्रिवेणीबाट दुई खेलाडी छनोट भएका छन्। सुनियोजित लिम्बु डिफेन्डर पोजिसनमा र सविन तामाङ मिडफिल्डर पोजिसनमा छनोट भएका हुन्।  
जिल्लाको मेरिङदेन गाउँपालिकाबाट सन्जुहाङ साँवा र विकेश लिम्बु टिममा परेकाछन् । साँवाले डिफेन्डर पोजिसनबाट खेल्नेछन् भने लिम्बुले मिडफिल्डर पोजिसनमा खेल्ने आयोजकले बताएको छ।  
सिदिंवा गाउँपालिकाका शिशिर राई मिडफिल्डर पोजिसनमा खेल्नेछन् ।  त्यस्तै मैवाखोलाका सागर श्रेष्ठले डिफेन्डर पोजिसनमा खेल्नेछन् भने मिक्वाखोला गाउँपालिकाका पासाङ शेर्पालाई  फरवार्ड पोजिसनका लागि छनौट गरिएको आयोजकले बताएको छ। 
यस वर्षको प्रतियोगितामा जिल्लाभित्रका खेलाडीहरूलाई मात्रै  समावेश गरेर टिम निर्माण गर्न लागिएको वरिष्ठ उपाध्यक्ष थेबेले जानकारी दिनुभएको छ। आयोजकको  प्रतिनिधित्व गर्ने क्लब बारे भने हालसम्म टुङ्गो लागिसकेको छैन। “ठ्यक्कै क्लब नै चाँहि टुङ्गो लागेको छैन , यस बर्ष ‘आयोजक’ भनेर अथवा ‘ताप्लेजुङ ११’ भनेर पनि खेलाउन सक्छौं,तर खेलाडी भने जिल्ला  भित्रका मात्रै हुनेछन् ” । थेबेले भन्नुभयो । 
छनोट भएका खेलाडीहरूलाइ चाँडै प्रशिक्षणमा लाने तयारी भइसकेको वरिष्ठ उपाध्यक्ष थेबेले बताउनुभएको छ।क्याम्पिङका लागि  उत्कृष्ट मैदानको खोजी भइरहेको पनि उहाँले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो  । 
 प्रशिक्षक डिके मादेन,सन्तोष गुरुङ, रमेश चोङबाङ ,दिपेश आङबुहाङ सम्मिलित खेलाडी छनोट उपसमितिले उक्त सङ्ख्यामा खेलाडी छनोट गरेको हो।
धेरै दर्शकहरूको साथ पाएको र नेपालभरि ख्याती कमाउन सफल प्रतियोगिता भएकाले  अधिकतम खेलाडीहरूलाई समावेश गर्ने प्रयास भइरहेको पनि थेबेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अझै केही खेलाडीलाई समावेश गरेर २० जनासम्मलाई क्याम्पिङमा लान सल्लाह भइरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गणेश लङ्वाको अध्यक्षतामा ताप्लेजुङमा खो-खो कार्यसमिति गठन

ताप्लेजुङ  श्रावण ३१ गते ।ताप्लेजुङमा जिल्ला स्तरीय 'खो-खो' कार्यसमिति गठन गरिएको छ।  आइतबार गणेश लङ्वाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

SITENAME

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द म्याच’बन्ने खेलाडीलाई पुरस्कार

SITENAME

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता

किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ।  कुलकर्ण फुट्सल