जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा थेबे

किरण गदाइली
ताप्लेजुङ ,अषाढ ११ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले ११ असारमा १२ जिल्लाका लागि खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेकोमा ताप्लेजुङबाट थेबे नियुक्त हुनुभएको हो।।
बोर्डले १४ मध्ये १२ जिल्लामा अध्यक्ष फेरबदल गरेको छ । दुई जिल्लाका अध्यक्षहरू यथावत राखिएको छ।
खेलकुद विकास समितिका अध्यक्षहरूको कार्यकाल चार वर्ष हुने व्यवस्था रहेको छ। उनीहरूलाई प्रदेश खेलकुद विकास बोर्डमार्फत नियुक्त गरिन्छ। यस अघि ताप्लेजुङ खेलकुद विकास समितिको अध्यक्षता गणेश माबोले सम्हाल्दै आउनुभएको थियो।
जिल्लाकै जेठो कञ्चनजङ्गा फुङ्लिङ क्लबका संरक्षक समेत रहनुभएका थेबे चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष समेत हुनुहुन्छ।

गणेश लङ्वाको अध्यक्षतामा ताप्लेजुङमा खो-खो कार्यसमिति गठन
ताप्लेजुङ श्रावण ३१ गते ।ताप्लेजुङमा जिल्ला स्तरीय 'खो-खो' कार्यसमिति गठन गरिएको छ। आइतबार गणेश लङ्वाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने
किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा ‘प्लेयर अफ द म्याच’बन्ने खेलाडीलाई पुरस्कार

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित )
किरण गदाइली ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक टिमबाट खेल्ने १७ खेलाडी छनोट भएका छन्







प्रतिकृया दिनुहोस