ताजा खबर

लेबनान र गाजामा इजरायली सेनाको आक्रमण तीव्र

SITENAME


  असोज १७ गते ।  लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४६ जना पुगेको छ । ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

हिजबुल्लाह समूह र इजरायली सेनाहरूबीच दक्षिणी लेबनानमा भएको युद्धकाबीच इजरायलका आठ जना सैनिक मारिएपछि तनाव झन् चर्किएको छ ।

यसैबीच इजरायलले गाजामा पनि आक्रमणलाई तीव्र पारेको छ । विद्रोही समूह हमासको अन्त्य नगरेसम्म आक्रमण गरिरहने अडान लिएको इजरायलले पछिल्लो समय गाजामा रहेको आश्रयस्थल र विद्यालयमा छुट्टाछुट्टै गरेको आक्रमणमा २५ जनाभन्दा धेरै नागरिक मारिएका थिए ।

गाजामा गएको अक्टोबर ७ देखि शुरू भएको इजरायली आक्रमणमा अहिलेसम्म ४१ हजार ६ सय ८९ जनाको ज्यान गएको छ भने ९५ हजार ६ सय २५ जना घाइते भएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने

  मंसिर ८ गते । श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले

SITENAME

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

  कार्तिक २५ गते । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा

SITENAME

उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठायो : अमेरिका

  कात्तिक १३ गते । उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा