ताजा खबर

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

SITENAME

रेडियो ताप्लेजुङ
भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ।

वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार स्थानीय १७ वर्षीया युना मादेनको मृत्यु भएको हो। सोमबार साँझ करिब ९ बजेतिर बिरालोले ल्याएको सर्प छुटाउने क्रममा मादेनको हातमा सर्पले डसेको थियो।

डसेर भागेको सर्प कुन प्रजातिको हो भन्ने पत्ता लाग्न नसकेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटना रातको समयमा भएकाले तत्काल स्वास्थ्य संस्थामा लैजानुको सट्टा परिवारले घरायसी उपचार गर्न खोजेका थिए।

“रातको समयमा घटना भएकाले उहाँहरूले स्वास्थ्य संस्थातर्फ लैजानुभन्दा घरायसी उपचार गर्नेतर्फ लाग्नुभएछ। सायद सानो सर्प थियो होला, त्यति खतरा नहुने भनेर उहाँहरूले गलत बुझ्नुभयो। बिरालोले मुखमा च्यापेर ल्याएको सर्प छुटाउन खोज्दा डसेको रहेछ। कुन प्रजातिको सर्प हो भन्ने पनि बुझ्न पाइएन,” वडाध्यक्ष गुरुङले भन्नुभयो।

मृतक मादेन स्थानीय जनता माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रासमेत हुन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार गरिनेछ।

ताप्लेजुङजस्तो हिमाली क्षेत्रमा पनि पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएको भन्दै वडाध्यक्ष गुरुङले चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामीको उपचार गर्न सक्ने स्वास्थ्य संस्था तथा उपचारात्मक सेवा विस्तार गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको

SITENAME

मिक्वाखोलाको चिनाबुङ क्षेत्र हुँदै थलङ,सँवा जाने मोटरबाटो थप चार दिन अवरुद्ध हुने

रेडियो ताप्लेजुङ श्रावण ३० गते । मिक्वाखोलाको चिनाबुङ क्षेत्र हुँदै थलङ, साँवा जाने मोटरबाटो थप चार दिन अवरुद्ध हुने भएको छ। लिबाङ स्थित चिनाबुङ