ताजा खबर

​​​​​​​छुट्टाछुट्टै अभियोगमा  दुई व्यक्ति ताप्लेजुङ प्रहरीको नियन्त्रणमा

SITENAME

रेडियो ताप्लेजुङ
श्रावण ३१गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले छुट्टाछुट्टै अभियोगमा  दुई पुरुषलाई नियन्त्रणमा लिएको छ। सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा रहेको  काउन्टर तोडफोड गरी नगद चोरी  गरेको अभियोगमा एकजना र  १२ बोरे बन्दुक सहित अर्का एकजना पक्राउ परेका सूचना अधिकारी विन्देश्वर यादवले जानकारी दिनुभयो । 
प्रहरीका अनुसार तोक्मे डाँडाको बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालीको काउन्टर तोडफोड गरी एटिएम कार्ड ,हेल्मेट लगायतका सामानहरू चोरी गर्ने कार्यमा संलग्न झापा भद्रपुर नगरपालिका ४ बस्ने १९ वर्षीय इन्सान लिम्बुलाई शनिबार राति १० बजे पक्राउ गरिएको हो   ।  लिम्बुले शुक्रबार रातको समयमा काउन्टर तोडफोड गरी उक्त सामाग्रीसहित ६० हजार रुपैयाँसमेत चोरी गरेको बताइएको छ । 
त्यस्तै १२ बोरे बन्दुक एक थानसहित झापा दमक नगरपालिका ५ बेलडाँगी घर भई हाल फक्ताङलुङ गाउँपालिका ५ मा डेरा गरी बस्ने वर्ष २१ का मुस्कान दियालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी विरुद्ध मुलुकी अपराध संहिता  २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी यादवको भनाइ छ।  
दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको