ताजा खबर

मिक्वाखोलाको चिनाबुङ क्षेत्र हुँदै थलङ,सँवा जाने मोटरबाटो थप चार दिन अवरुद्ध हुने

SITENAME


रेडियो ताप्लेजुङ
श्रावण ३० गते । मिक्वाखोलाको चिनाबुङ क्षेत्र हुँदै थलङ, साँवा जाने मोटरबाटो थप चार दिन अवरुद्ध हुने भएको छ। लिबाङ स्थित चिनाबुङ क्षेत्रमा मोटरबाटो सोलिङ गर्ने कार्य भएकाले गत श्रावण २५ गतेदेखि २७ गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । 
सडक मर्मतको कार्य उक्त अवधिभित्र नसकिएकाले श्रावण ३० गतेदेखि भाद्र २ गतेसम्म मोटर सञ्चालनमा रोक लगाइएको मिक्वाखोला गाउँपालिकाले जनाएको छ।  उक्त अवधिमा चिनाबुङ क्षेत्र हुँदै थलङ, सँवा आवतजावत गर्ने सवारी साधनका चालक ,यात्रु तथा स्थानीय बासिन्दाले वैकल्पिक बाटो प्रयोग गरिदिन पालिकाले आग्रह गरेको छ ।साथै निर्माण कार्यका क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबैले सावधानी अपनाई निर्माणस्थलमा अनावश्यक आवतजावत नगरिदिन समेत पालिकाको आग्रह रहेको छ। 
निर्माण कार्यको प्रगति तथा मौसमको अवस्थाअनुसार बाटो खुल्ने /अवरुद्ध रहने समयावधिमा केही हेरफेर हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले बताउनुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको