ताजा खबर

पाथीभरा (मुक्कुम्लुङ)को प्रसाद अब विश्वको जुनसुकै स्थानबाट मगाउन सकिने

SITENAME

किरण गदाइली
ताप्लेजुङ ,श्रावण २१ गते ।प्रसिद्ध शक्तिपिठ पाथीभरा ( मुक्कुम्लुङ )को प्रसाद अब विश्वको जुनसुकै स्थानबाट मगाउन सकिने भएको छ। जिल्ला हुलाक कार्यालय ताप्लेजुङ र पाथीभरा क्षेत्र विकास समितिले बिहीबार उक्त कार्यका लागि सम्झौता गरेका छन्। 
सम्झौता पत्रमा निमित्त हुलाक अधिकृत हेमराज पाण्डे र क्षेत्र विकास समितिका कार्यकारी निर्देशक  प्रजिन हाङबाङले  संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। पाथीभराको प्रसाद माग गर्ने भक्तजनहरूले आफ्नो ठेगाना क्षेत्र विकास समितिलाई उपलब्ध गराएमा सम्बन्धित स्थानसम्म हुलाकमार्फत पठाइने कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो । 
यसरी प्रसाद पठाउने सेवा कार्गो मार्फत अन्तर्राष्ट्रिय रूपमा समेत गरिने क्षेत्र विकास समितिले जनाएको छ।
चुनरी,फलफुल , फूल, अक्षता जस्ता सामग्रीहरूमा क्षेत्र विकास समितिले कुनै शुल्क लिने छैन। तर माग गर्ने भक्तजनहरूले हुलाकमा तिर्नुपर्ने राजस्व भने बुझाउनुपर्ने हुन्छ। मन्दिर क्षेत्रमा रहेका माना,पाथी लगायतका सामानहरू प्रसादीको रूपमा मगाउने भक्तजनहरूलाई भने क्षेत्र विकास समितिले समेत शुल्क लिनेछ । त्यस्तै सिक्काहरू लिन चाहने भक्तजनहरुले अग्रिम रूपमा अनलाइन माध्यमबाट क्षेत्र विकास समितिलाई नगद भुक्तानी गर्नुपर्ने कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभएको छ।
हुलाक मार्फत प्रसाद पठाउन र पाउन सक्ने सुविधाको सुरुवात प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले गर्नुभएको छ। दाहालले आफूले यसअघि सेवा गरेको जिल्ला प्रशासन कार्यालय धनुषामा घुम्टो र  देवी अङ्कित तस्बिर पठाउनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको