बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव छैन : उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ

रेडियो ताप्लेजुङ
श्रावण १९ गते ।उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले बजारमा दैनिक सामग्री ग्याँस लगायतका वस्तुहरूको अभाव हुन लागेको र मूल्य वृद्धि हुन लागेको भन्ने अफवाहको पछि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
बर्खायामको समय भएका कारणले निर्धारित समयमा ढुवानी सहज नभएपनि बजारमा दैनिक उपभोग्य सामग्रीको चरम अभाव भने नरहेको सङ्घले मङ्गलबार सन्देश जारी गर्दै जनाएको हो ।
अफवाहको पछाडि लागेर अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई वाणिज्य सङ्घको आग्रह गरेको छ भने व्यवसायीहरूलाई उपभोक्ता मैत्री वातावरण सिर्जना गर्न सूचित गराएको छ। उपभोक्ताले देख्ने स्थानमा मूल्यसूची,नियमित बिलविजक जारी गर्ने, व्यवसायी दर्ता प्रमाण कारोबारस्थलमा सबैले देखिने स्थानमा राख्ने, समयमा व्यवसायको नवीकरण गर्ने जस्ता दायित्व पूरा गर्न व्यवसायीहरूमा अपिल गरेको छ।
बर्सातका कारण मुख्य राजमार्गहरू प्रभावित भएकाले उपभोक्तामा भ्रम पर्न जाने भएकाले वाणिज्य सङ्घले सन्देश जारी गरेको हो।र।

यात्रु पाए काठमाण्डौं ताप्लेजुङ हवाई उडान साउन १५ देखि
साउन १४, २०८३ ताप्लेजुङ सुकेटार विमानस्थलमा जेष्ठ २२ गतेदेखि हवाई उडान हुन सकेको छैन । नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, वुधवार र

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्यो
रेडियो ताप्लेजुङ अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड

ताप्लेजुङका विभिन्न सहकारीद्वारा ब्याजमा विशेष छुट सहित ऋण चुक्ताका लागि ताकेता
किरण गदाइली ताप्लेजुङ,अषाढ २४ गते ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न







प्रतिकृया दिनुहोस