ताजा खबर

२० वर्ष जिल्ला पञ्चायतमा विताएका भण्डारीको निधन

SITENAME

साउन १८, २०८३ 
ताप्लेजुङ - २०१९ देखि ३८ सालसम्म करिव २० वर्ष तत्कालीन जिल्ला पञ्चायतमा बिताएका श्रीप्रसाद भण्डारीको ८९ वर्षको उमेरमा निधन भएको छ । सिरिजङ्गा ५  गाउँपालिका ५ पेदाङ जन्मस्थल भएका भण्डारी अहिले झापा बस्तै आएका थिए । 
२०२१ सालमा पेदाङको प्रधानपञ्च वाट राजनीति प्रारम्भ गरेका भण्डारी २४  वर्षको उमेरमा २०१९ सालमा जिल्ला पञ्चायत सदस्य बनेका थिए ।  २०२४ देखि २०३१ सालसम्म जिल्ला पञ्चायत उपसभापति भए । 
२०३१ सालमा तत्कालीन सभापति विष्णु मादेन राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएपछि ३१ देखि २०३३ सालसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । पुराना राजनीतिज्ञका अनुसार त्यस समय अहिलेजस्तो उप निर्वाचन गर्ने प्रचलन थिएन । उपलाई कार्यवाहकको जिम्मेवारी दिने प्रचलन थियो ।
 २०३४ देखि २०३८ सालसम्म जिल्ला सभापति भएका थिए । त्यसपछिका दुई निर्वाचन २०३८ र ४२ माभनें राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेद्वार बनेर पराजित भएका थिए । भण्डारीको परिवार झापामा बस्तै आएका छन् । 

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको