ताजा खबर

पाथीभरा याङवरकको घुम्ती शिविरमार्फत ६८७ नागरिकले लिए सेवा

SITENAME

रेडियो ताप्लेजुङ
श्रावण १४गते ।पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमार्फत ६८७ जना सेवाग्राहीले सेवा लिएका छन्।

पालिकाको केन्द्र वडा नम्बर २ बाहेकका पाँचवटा वडामा गत श्रावण ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्तातर्फ ४५२ जना र ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षणतर्फ २३५ जना सेवाग्राही लाभान्वित भएका हुन्।

वडा नम्बर १ नाङ्खोल्याङमा सामाजिक सुरक्षा भत्ता १२२ जनाले प्राप्त गरेका छन् भने ६४ जना नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्। त्यस्तै वडा नम्बर ३ तिरिङ्गेमा ८७ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् भने ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

वडा नम्बर ४ डुम्रीसेमा ७१ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ भने ४२ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ लिम्बुका अनुसार वडा नम्बर ५ चाक्सीबोटेमा ४७ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। त्यस्तै वडा नम्बर ६ थुम्बेदिनमा १२५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने ६२ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्बन्धित सबै पक्षलाई गाउँपालिकाले आभार व्यक्त गरेको छ।

जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न समयमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको