यात्रु पाए काठमाण्डौं ताप्लेजुङ हवाई उडान साउन १५ देखि

साउन १४, २०८३
ताप्लेजुङ सुकेटार विमानस्थलमा जेष्ठ २२ गतेदेखि हवाई उडान हुन सकेको छैन । नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, वुधवार र सुक्रबारकालागि नियमित उडान तालिका राखेको छ ।
‘हाम्रो अन्तिम फ्लाइट जेष्ठ २२ मा भएको थियो,’ निगमका स्टेशन इन्चार्ज नारायण कार्कीले भने, ‘त्यसपछि कहिले मौषमले साथ दिएन कहिले यात्रु भएनन् त्यसैले उडान हुन सकेको छैन ।’
साउन १५ गते सुक्रबार उडान गर्ने तयारी रहेपनि यात्रु नभएको उनले वताए । ‘लामो समय भएकाले थेरै मात्रै यात्रु भएपनि सुक्रबार उडान गर्ने तयारी त छ तर, ताप्लेजुङबाट तीन जना यात्रु भएपनि काठमाण्डौंबाट एकजना पनि छैनन’ कार्कीले भने । काठमाण्डौंबाट कम्तिमा पाँच सात जना र ताप्लेजुवाट त्यत्तिनै सङख्या भए उडान गर्न सकिने निगमले जनाएको छ ।
बालवालिका समेतगरी काठमाण्डौंबाट १३ र ताप्लेजुङबाट १५ जनासम्म यात्रु निगमको जहाजले उडाउँदै आएको छ । पछिल्लो समय भाडादर महङगो भएकालेपनि यात्रुको रुची कम देखिएको छ । अहिले काठमाण्डौंबाट ११ हजार ८ सय ५ र ताप्लेजुङबाट ११ हजार ६ सय ५ रुपैंया भाडादर रहेको छ । नेपालमा इन्धनको मूल्य वढ्नु अघिसम्म ९ हजार ४ सय रहेको थियो । इन्धनको मूल्य वढेपछि १२ हजार ५ सयसम्म पुगेको थियो । अहिले मूल्य समायोजनपछिको भाडादर रहेको छ ।
ट्विनेटर जहाजमात्रै चल्ने सुकेटार बाट ५५ मिनेटमा काठमाण्डौं पुग्ने समयावधि रहेको छ ।

बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव छैन : उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ
रेडियो ताप्लेजुङ श्रावण १९ गते ।उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले बजारमा दैनिक सामग्री ग्याँस लगायतका वस्तुहरूको अभाव हुन लागेको र मूल्य वृद्धि

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्यो
रेडियो ताप्लेजुङ अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड

ताप्लेजुङका विभिन्न सहकारीद्वारा ब्याजमा विशेष छुट सहित ऋण चुक्ताका लागि ताकेता
किरण गदाइली ताप्लेजुङ,अषाढ २४ गते ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न







प्रतिकृया दिनुहोस