जलस्रोत तथा सिँचाइ विकास डिभिजन ताप्लेजुङ प्रदेश सरकारद्वारा दुई विधामा सम्मानित

किरण गदाइली
ताप्लेजुङ, श्रावण १३ गते। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, ताप्लेजुङ कोशी प्रदेश सरकारद्वारा दुई विधामा सम्मानित भएको छ।
कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा शून्य बेरुजु कायम गर्न सफल भएको तथा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा कार्यालयलाई सम्मान गरेको हो।
प्रदेशभर रहेका २५ वटा जलस्रोत तथा सिँचाइ विकास डिभिजन तथा व्यवस्थापन कार्यालयमध्ये ताप्लेजुङस्थित कार्यालय दुई विधामा उत्कृष्ट हुन सफल भएको हो। अन्य जिल्लाका डिभिजन तथा व्यवस्थापन कार्यालयहरू उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भए पनि दुई विधामा सम्मानित हुने ताप्लेजुङस्थित कार्यालय मात्रै रहेको मन्त्रालयले जनाएको छ।
बुधबार कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले ताप्लेजुङस्थित कार्यालयका डिभिजन प्रमुख विशाल पोखरेललाई प्रशंसापत्र प्रदान गर्नुभयो।
दुई विधामा सम्मानित हुन सहयोग गर्ने सम्पूर्ण निकाय तथा कर्मचारीप्रति डिभिजन प्रमुख पोखरेलले धन्यवाद व्यक्त गर्नुभएको छ।
गत आर्थिक वर्षमा उक्त कार्यालयले वार्षिक बजेटको ९१ प्रतिशत खर्च गर्न सफल भएको थियो।
प्रदेश सरकार मातहत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजनले साना तथा मध्यम सिँचाइ आयोजनाको निर्माण, सञ्चालन तथा मर्मत–सम्भार गर्ने कार्य गर्दै आएको छ।

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु
रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका
रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत
रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको







प्रतिकृया दिनुहोस