मेरिङदेनले किसानलाई भकारो सुधार कार्यक्रमका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने

प्रिशा बस्नेत , असार २९ गते ।
मेरिङदेन गाउँपालिकाले पालिका भित्रका किसानलाई गोठ अर्थात भकारो सुधार कार्यक्रमका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर अधिकारीका अनुसार स्वीकृत कार्यविधि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो ।
अनुदान प्राप्त गर्नका लागि किसानले पशुपालन गरिरहेको हुनुपर्ने बताइएको छ। गाईवस्तुको मलमुत्रमा पाइने खाद्यतत्त्वलाई बचाउन र गुणस्तर वृद्धिका लागि सुरु गरिएको गोठ अर्थात भकार सुधार कार्यक्रमबाट प्रारम्भिक खेतीलाई समेत बढवा दिन सक्ने उद्देश्य राखेर कार्यक्रम सुरु गरिएको पालिकाले जनाएको छ । यसका लागि सम्बन्धित लाभग्राहीले पशुहरूका लागि पानी र गहुत नचुहिने गरी गोठ निर्माण गरेको हुनुपर्ने , गहुत सङ्कलन व्यवस्थापन गरेको हुनुपर्ने र भकारो मलखाद फ्याक्ने खाडललाई घाम र पानीबाट जोगाउनका लागि छानोको व्यवस्था गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
अनुदान प्राप्त गर्नका लागि कम्तीमा एक माउ गाई वा भैंसी ,बाख्रा कम्तीमा १० माउ र बङ्गुर कम्तीमा पाँच माउ हुनु पर्ने प्रावधान पालिकाले राखेको छ ।

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु
रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका
रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत
रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको







प्रतिकृया दिनुहोस