ताजा खबर

ताप्लेजुङमा भाग्यशाली चिठ्ठा कार्यक्रमः बुलेटबाईकदेखि फ्रिजसम्म उपहार

SITENAME

रेडियो ताप्लेजुङ

असोज २८ गते । चाडपर्वहरुको अबसरमा ताप्लेजुङमा मंसिर २९ गते भाग्यशाली चिठ्ठा सार्वजनिक गर्नेगरि चिठ्ठा कार्यक्रम सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरमा पुरस्कारै पुरस्कारसहितको चिठ्ठा कार्यक्रम सुरु गरिएको हो । प्रथम पुरस्कार क्लासिक बुलेट बाइक ३ सय ५० सीसीको १ थान, दोश्रो पुरस्कार टिभिएस स्कुटर १ सय २५ सीसीको १ थान, तेश्रो पुरस्कार ‘साम्सुङ ग्यालेक्सी एस २५’अल्ट्रा मोवाईल १ जनालाई, चौथो पुरस्कार फ्रिज ३ थान ३ जनालाई,पाँचौ पुरस्कार वासिङ मेसिन ३ सेट ३ जनालाई, छैटौ पुरस्कार वाटर डिस्पेन्सर ३ सेट ३ जनालाई र सातौ पुरस्कार  हिटर ३ सेट ३ जनालाई प्रदान गर्ने भएको छ ।
 फुङलिङ स्र्पोटिङ यूवा क्लवको आयोजनामा चिठ्ठा कार्यक्रम गरिएको क्लबका सन्तोष गुरुङले जानकारी दिनुभयो । टिकट दर एक हजार रुपैयाँ छ ।
सदरमुकामस्थित तोक्मे डाँडामा चिठ्ठा खोलिने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना

किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

SITENAME

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह

रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको  नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

SITENAME

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक

रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका