विश्व मुटु दिवस २०२५ : स्वास्थ्य जीवनशैलीमा ध्यान दिन ताप्लेजुङका सरोकारवालाहरूको सुझाव

किरण गदाइली
ताप्लेजुङ असोज ११ गते ।'मुटुलाई बचाऔं,मुटुलाई माया गरौं ' भन्ने नाराका साथ ताप्लेजुङमा विश्व मुटु दिवस २०२५ मनाइएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको आयोजनामा सदरमुकाम फुङ्लिङ स्थित एक होटलमा शनिबार सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम गर्दै दिवस मनाइएको हो।
गत वर्ष सदरमुकाम क्षेत्रका सरकारी विद्यालयहरूका ४हजार३०० बढी विद्यार्थीहरूको मुटु परीक्षण गरिएकोमा यस वर्ष विषम परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न नसकिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर यमन कार्कीले ३० वर्ष माथिका मानिसहरूले मुटुको निरन्तर परीक्षण गराउनुपर्ने अवस्था आइसकेको बताउनुभयो। गर्भवती महिलाले अव्यवस्थित खानपान र धुमपान/मध्यपान गरेमा गर्भमा रहेको शिशुको मुटुमा समस्या हुन सक्ने बताउँदै डाक्टर कार्कीले हरेक स्थितिमा मुटुको विषयमा संवेदनशील हुनुपर्ने बताउनुभएको छ। खानपान र व्यायामलाई विशेष ख्याल गरेमा मुटुको विविध समस्याहरू समाधान गर्न सकिने उहाँको भनाइ छ।
पर्याप्त व्यामले मुटुको गतिलाई नियन्त्रण गर्ने डाक्टर कार्कीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबोले समग्र प्राणी जगतकै महत्त्वपूर्ण अङ्ग मुटु रहेको बताउँदै मुटु जोगाउनु जीवन जोगाउनु रहेको उल्लेख गर्नुभयो।
पछिल्लो समय मुटुको समस्या बढ्नुमा नेपालीहरूको खानपिन प्रणाली प्रमुख कारण बन्दै गएको मेन्याङबोले औल्याउनुभयो।
मुटु जस्तो संवेदनशील विषयमा हृदय रोग प्रतिष्ठानले आम नागरिकलाई बुझाउने कार्यक्रम गर्न जरुरी रहेको उहाँको भनाई छ।
प्रतिष्ठानका जिल्ला सभापति इन्द्र गुरुङले मुटुको स्वास्थ्यका लागि काम गरिरहेको संस्थालाई विभिन्न तबरबाट आम नागरिकले सहयोग पुर्याउन सक्ने बताउँदै सहयोग गरिदिन जिल्लावासीहरूलाई आग्रह गर्नुभएको छ।
यस वर्षको विश्वा मुटु दिवस आगामी अश्विन १३ गते परेको छ ।नेपालीहरूको महान पर्व विजया दशमी अन्तर्गत फुलपातीको समय परेकाले तीन दिन अगाडि नै कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ।

फुङ्लिङमा पहिलो पटक स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना कार्यक्रम
प्रिशा बस्नेत , ताप्लेजुङ, असार ८ । फुङ्लिङ नगरपालिकामा पहिलोपटक आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रण

फुङ्लिङ नगरपालिकामा दुई दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
प्रिशा बस्नेत ताप्लेजुङ, असार ७ गते । फुङ्लिङ नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने तालिम आईतबार सम्पन्न भएको छ। मानसिक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा चार दिने निःशुल्क दात तथा मुख स्वास्थ्य शिविर सुरु
रेडियो ताप्लेजुङ, कार्तिक २६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सोमबारदेखि निःशुल्क ‘दाँत तथा मुख स्वास्थ्य शिविर’ सुरु हुँदैछ । गाउँपालिका







प्रतिकृया दिनुहोस