'हिमाबेट'लगायतका 'अनलाइन जुवा 'को नेपालमा बढिरहेको नकारात्मक प्रभाव

मौसम गुरुङ
'अनलाइन जुवा ' साइटहरू इन्टरनेटको आधारमा खेलिने एक प्रकारको जुवा हो। यस अन्तर्गत मुख्यतया क्यासिनो, सल्ट्स र स्पोर्ट बेटिङ पर्दछ।
यसमा प्रयोगकर्ताहरू सामाजिक सञ्जालहरू फेस्बुक , इन्स्टाग्राम ,टिकटक लगायतका प्ल्याटफर्ममा जस्तै आईडी निर्माण गरेर सहभागी हुने गर्दछन्।
यस्ता अनलाइन प्ल्याटफर्महरूले अनलाइन माध्यमबाट रकम डिपोजिट गरी विभिन्न खेलहरूमा सहभागी गराउने गर्दछन्।
यस्ता प्ल्याटफर्महरूको नकारात्मक असर नेपालमा पनि हाल विकराल बन्दै गएको छ।
कैयौँ नेपालमा परिचालित नकारात्मकता फैलाईरहेको प्ल्याटफर्महरूमध्ये एक प्रतिनिधिमूलक प्लटफर्म हो ‘हिमाबेट अनलाइन गेमलिङ साइट’
विश्वमा यस्ता खालका प्ल्याटफर्ममा सहभागी प्रयोगकर्ताहरूको सङ्ख्या १७ करोड ६० लाख रहेको छ।
दक्षिण एसियाली मुलुकहरूमा हेर्ने हो भने यी मुलुकहरूमा मात्रै ६७%बढी अर्थात १४करोड ५० लाख ४० हजार यस्ता प्लटफर्मको प्रयोगकर्ता छन् ।
इन्टरनेटको बढ्दो प्रयोगसँगै यस प्रकारका प्लटफर्महरूका प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन वृद्धि भइरहेका छन् भने नेपालमा पनि यसको नकारात्मकता बढ्दो रुपमा रहेको छ।
किन आकर्षित हुँदैछन् ‘हिमाबेट’ मा नेपाली युवाहरू ?
# बेरोजगारी
#आर्थिक दबाब : (गरिबी बेरोजगारी र ऋण आदि जस्ता आर्थिक दबाबबाट मुक्त हुन अनलाइन जुवालाई सजिलो समाधान मान्ने गरेका छन् )
#छिटो पैसा कमाउने सोच
#साथीभाइको संगत
#सामाजिक मूल्य मान्यता ( नेपाली समाजमा विभिन्न चाडपर्वहरूमा जुवा तास खेल्ने मूल्य मान्यता छ)
#फ्रि बोनस /विज्ञापन
#कुलत
#एक्लोपन
#विलासिता
#हारेको रकम उकास्ने चाहना र आशामा झन् धेरै यसको दलदलमा पर्ने गरेका छन्।
यस साइटमा आइडी रजिस्टर गरेपछि कुनै पनि खेल खेल्दा नेपालमा प्रचलित ईसेवा, खल्ती र जुनसुकै बैंकबाट रकम जम्मा र भुक्तानी गर्ने सुविधा समेत रहेकाले यसमा सहज पहुँच रहेको बुझ्न सकिन्छ।
यो साइटमा लत लागेर कतिपय युवाहरू सामाजिक बहिष्करणमा समेत परेको अवस्था नेपालमा सृजित हुँदै गएको छ। समुदाय स्तरमै यी र यस्ता साइटहरूको नकारात्मकतालाई प्रस्ट्याउँदै यसको दलदलमा फसेकालाई निकाल्नु आजको आवश्यकता बनिसकेको छ।
हुन त कुनै पनि जुवाजन्य क्रियाकलाप नअपनाउनु बुद्धिमानी हो। भौतिक रूपमा अथवा अनलाइन प्लटफर्मबाटै खेलेता पनि जुवाको मान्यता भनेको कुलत हो।यसले हाम्रो आर्थिक ,मानसिकसँगै सामाजिक अवस्थालाई गहिरो प्रभाव पार्न सक्छ । हामी यसका प्रशस्त उदाहरणहरू विकराल रूपमा समाजमा देख्न सक्छौं।
त्यसैले भौतिक होस् या अनलाईन प्लटफर्मबाट खेलिने जुवाजन्य क्रियाकलापलाई नअपनाउनु नै बुद्धिमत्ता हुन्छ। यसको लतमा परेपछि मानिसले आर्थिक क्षयीकरणले गर्दा समाजमा अवाञ्चित क्रियाकलापहरू चोरी डकैती, लुटपाट ,जस्ता क्रियाकलापहरू समेत गर्न पछि पर्दैन ।जसले गर्दा समाजबाट बहिष्करणमा पर्ने खतरा हुन्छ ।
नेपालमा इन्टरनेटको बढ्दो प्रयोगसँगै सकारात्मक र नकारात्मक दुवै प्रभावहरू देखिएका छन् । यस्ता बेटिङ साइटहरू मात्र नभएर अन्य कसुरहरू पनि अनलाइन प्ल्याटफर्महरूमा बढ्दै गएका छन्।यसलाई रोकथाम गर्नका लागि जनजागरण नै प्रमुख कार्य हुन जान्छ। यस विरुद्ध जनचेतना जगाउनुका साथै सम्बन्धित निकायले पनि प्रभावकारिताका साथ अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ ।
@लेखक गुरुङ सामाजिक संस्था 'हो फर अल 'का संस्थापक हुनुहुन्छ।

के सहकारी प्रकरणले बन्द भएको हो ग्यालेक्सी टिभी ?
तेजेन्द्र काफ्ले,कार्तिक २३ गते । हुन त यो विचार मैले कार्तिक ३ गते सबेरै सार्वजनिक गर्नुपर्ने थियो, जसको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका

राजनीतिमा जे देखियो
प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

जस्ता नेता, उस्तै पत्रकार
चैत्र १७ गते । आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।







प्रतिकृया दिनुहोस