सिरिजङ्घा उपाध्यक्ष डा. माबोको कथा संग्रह ‘डोली भर्ना’सार्बजनिक

रेडियो ताप्लेजुङ,साउन ४ गते । सिरिङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोको कथा संग्रह ‘डोली भर्ना’शुक्रबार विमोचन गरिएको छ। प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले कमलादी काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा एक कार्यक्रमका बीच उक्त कथा संग्रह विमोचन गर्नुभएको हो।
कथा संग्रहमा लिम्बु जातिको संस्कार संस्कृति संरक्षणलाई विशेष जोड दिएको छ।उक्त कथा संग्रह ‘डोलीभर्ना ’मा पूर्वी पहाडको जनजीवन ,लिम्बु जातिको रीतिरिवाज, पवित्र मुन्धुम ,संस्कार ,संस्कृति तथा समसामयिक विषय समेटिएको छ। १५ वटा कथा ‘डोली भर्ना’मा अटाएका छन्। ‘सांग्रिला बुक्स’ले उक्त कथा संग्रह बजारमा ल्याएको हो।
डा. माबोको उक्त कथा संग्रहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रणिका कोयुले टिप्पणी गर्नुभएको थियो।
कथाका लेखक डाक्टर माबोले नेपाली साहित्यमा विद्यावारिधि गर्नुभएको छ ।

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह
रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक
रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका







प्रतिकृया दिनुहोस