ताप्लेजुङ गोल्डकपको एन्थम गीत तयार,चाँडै सार्बजानिक गरिदै

किरण गदाईली,ताप्लेजुङ,असार २९ गते।ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको एन्थम गीत तयार भएको छ । लाखेजात्राको अबसरमा ताप्लेजुङमा ऐतिहाँसिक रुपमा सञ्चालन हुँदै आएको फुटबल खेललाई संगीतको माध्यमबाटसमेत प्रचार गर्ने उद्देश्यले गीत तयार गरिएको निर्माता तथा गायक महेश सिवाले बताउनुभयो ।
‘सेवा रेकर्डिङ स्टुडियो’ काठमाण्डौमा रेकर्ड भएको मल्टि सिंगर्स गीतमा कुल ८ जना गायक गायिकाले आवज दिएकाछन् । दीपक लिम्बू ,भीम लिम्बू,प्रताप दास,पदम राई साहिल लिम्बू , रोजिना बस्नेत,ससिका राई र महेश सिवाको आवाज रेहेको छ । डीपी खनालले सब्द कोर्नुभएको छ भने एरेञ्ज मिक्स मास्टरिङ देवेश राईको छ । गीतको पहिलो स्लोगन गोल्डकप आयोजक संस्था लाखेजात्रा संचालक समितिका अध्यक्ष देवराज गुरुङको रहेको छ ।
गीतको रेर्कडिस्ट योगेन मुकारुङ हुनुहुन्छ भने ‘दामी क्रियसन’ले भिडियो नर्मिाण गरेको छ । सम्पुर्ण काम सकिएको र अब चाडै नै विमोचन गरिने गायक सिवाको भनाई छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ घर भएका गायक सिवाले यस अघि पनि विभिन्न गीतहरु बजारमा ल्याइ सक्नु भएको छ । ‘बदनाम भएर’, ‘माया लाँउकी नलाँउ’ ‘डाँडको चौतारी बर पिपलु’, ‘इलामको चिया बगान’, ‘जान्छु ल खैत हासेको ’ , ‘सुनको दरबार’ तथा भरखरै सार्बजानिक भएको ‘महसुस’ उँहाका आवाज तथा प्रस्तुतिमा तयार भएका गीतहरु हुन् ।

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह
रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक
रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका







प्रतिकृया दिनुहोस