ताजा खबर

ताप्लेजुङ गोल्डकपको एन्थम गीत तयार,चाँडै सार्बजानिक गरिदै

SITENAME

किरण गदाईली,ताप्लेजुङ,असार २९ गते।ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको एन्थम गीत तयार भएको छ । लाखेजात्राको अबसरमा ताप्लेजुङमा ऐतिहाँसिक  रुपमा सञ्चालन हुँदै आएको फुटबल खेललाई संगीतको माध्यमबाटसमेत  प्रचार गर्ने उद्देश्यले  गीत तयार गरिएको  निर्माता तथा  गायक महेश सिवाले बताउनुभयो ।  
‘सेवा रेकर्डिङ स्टुडियो’ काठमाण्डौमा रेकर्ड भएको मल्टि सिंगर्स गीतमा कुल ८ जना गायक गायिकाले आवज दिएकाछन् । दीपक लिम्बू ,भीम लिम्बू,प्रताप दास,पदम राई साहिल लिम्बू , रोजिना बस्नेत,ससिका राई र महेश सिवाको आवाज रेहेको छ  ।  डीपी  खनालले सब्द कोर्नुभएको छ भने   एरेञ्ज मिक्स मास्टरिङ देवेश राईको  छ । गीतको पहिलो स्लोगन गोल्डकप आयोजक संस्था लाखेजात्रा संचालक समितिका अध्यक्ष देवराज गुरुङको रहेको  छ । 
गीतको रेर्कडिस्ट  योगेन मुकारुङ हुनुहुन्छ भने ‘दामी क्रियसन’ले भिडियो नर्मिाण गरेको छ । सम्पुर्ण काम सकिएको र अब चाडै नै विमोचन गरिने गायक सिवाको भनाई छ ।
 ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ घर भएका  गायक सिवाले यस अघि पनि विभिन्न गीतहरु बजारमा ल्याइ सक्नु भएको छ । ‘बदनाम भएर’, ‘माया लाँउकी नलाँउ’   ‘डाँडको चौतारी बर पिपलु’, ‘इलामको चिया बगान’, ‘जान्छु ल खैत हासेको ’ , ‘सुनको दरबार’ तथा भरखरै सार्बजानिक भएको ‘महसुस’ उँहाका आवाज तथा प्रस्तुतिमा तयार भएका गीतहरु हुन् ।

प्रतिकृया दिनुहोस
SITENAME

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना

किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

SITENAME

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह

रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको  नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

SITENAME

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक

रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका