ताजा खबर

माओवादी केन्द्र ताप्लेजुङद्धारा पाथीभरा केबलकारको विषयमा धारणा सार्वजनिक

SITENAME


रेडियो ताप्लेजुङ,बैशाख २५ गते ।
नेकपा माओवादी केन्द्र ताप्लेजुङले प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ)मा  बन्न लागेको केवलकारको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।
मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङ पनि सरकारको नेतृत्वमा भए गरेका कामलाई सहयोग गर्दै अघि बढिरहेको अवगत गराइएको छ । 
पाथीभरा (मुक्कुम्लुङ)मा बन्न लागेको केवलकारको विषयमा स्थानीय सरकार ,स्थानीय समुदायको सामाजिक रीतिरिवाज ,वातावरण प्रतिकूल असरसाथै प्रारम्भिक अधिकार र उपयोगितामाथि हस्तक्षेप नगरी सहज वातावरण निर्माण गरी मन्दिरको पवित्रतालाई कायम गर्नुपर्ने उल्लेख गरिएको  छ।
साथै ,केवलकार निर्माण पश्चात राजस्व बाँडफाँडमा पारदर्शिता गर्दै पाथीभरा (मुक्कुम्लुङ)मा केवलकार निर्माण कार्यलाई अन्य सरोकारवालाहरूमा समेत सहज बनाउन अनुरोध माओवादी ताप्लेजुङको रहेको छ ।  
आफूहरुले जहिले पनि विकास निर्माणको पक्षमा रही पाथीभरा (मुक्कुम्लुङ)मा केवलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गर्दै आएको  सचिव सागरमणि गौतम र संयोजक विष्णुकुमार लिम्बु (बिरु)द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा चट्याङ लागेर एक युवकको ज्यान गयो

रेडियो ताप्लेजुङ,ताप्लेजुङ,चैत्र २० गते गयराती अविरल बर्षा सगै चट्याङ पर्दा ताप्लेज्ुङको सिरिजङ्घा गाउँपालिकामा एक युवकको ज्यान गएको छ । जिल्ला