ताजा खबर

ताप्लेजुङकी भावना बनिन् ब्याडमिन्टनमा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी

SITENAME

मंसिर ३, २०८३
ताप्लेजुङ – फुङलिङ नगरपालिका २ शिक्षा लाइनकी भावना केदेम लिम्बू ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । 
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि भएको कोशी प्रदेश स्तरीय महिला तर्फको छनौटमा सुनसरीकी सविज्ञा दाहाललाई पराजित गर्दै भावनाले स्वर्ण पदक जितेकी हुन् । 
कोशी प्रदेश ब्याडमिन्टन छनोट प्रतियोगिताका संयोजक भोगेन्द्र थापाका अनुसार महिलातर्फ प्रथम बनेकी भावना, द्वितीय बनेकी सविज्ञाका साथै झापाकी अञ्जना राई, उदयपुरकी रोजी राई, इलामकी निसाम हाङमा सुब्बा र भोजपुरकी नन्सल तामाङ दशौं राष्ट्रिय खेलकुदकालागि छनोट भएका छन् । 
नन्सल तामाङ भने एनबीए वरीयता नम्बर २ मा रहेकाले सीधै प्रतियोगिताका लागि छनोट गरिएको उल्लेख छ । 
पुरुषतर्फ सहभागी ताप्लेजुङका मिलिन गुरुङ आठौँ मात्रै भए र राष्ट्रिय प्रतियोगिताकालागि छनौट हुन सकेनन् । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिंघकका अनुसार नवौँ राष्ट्रिय खेलकुदमा मिलिन र दीपिन गुरुङ सहभागी भएका थिए । 
पुरुष तर्फ मोरङका प्रतीक बिष्ट सर्वोत्कृष्ट भए । प्रतीकले सुनसरीका संगम गिरीलाई पराजित गरे । प्रतीक, संगम सँगै सङ्खुवासभाक सुनील कार्की, उदयपुरका विनय चौधरी, मोरङका जोनसस राज, भोजपुरका सन्दीप राई र भोजपुरकै विशाल तामाङ पुरुष तर्फबाट छनोट भएको संयोजक थापाले जानकारी दिए । 
सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ छ गरी १३ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 
ताप्लेजुङबाट प्रतियोगितामा महिला ५ र पुरूष ७ गरी १२ जना सहभागी थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग

रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई

SITENAME

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग

रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई

SITENAME

मिक्वाखोलाको अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना : ८४० विद्यार्थीले पाए न्यानो कपडा

रेडियो ताप्लेजुङ मंसिर १० गते ।मिक्वाखोला गाउँपालिकाले ‘अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना’ अन्तर्गत पालिकाभित्रका चारवटा माध्यमिक