नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग

रेडियो ताप्लेजुङ
मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।
नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष पासाङ नावा शेर्पाका अनुसार आगलागीबाट प्रभावित तीन सदस्यीय लाप्साङ शेर्पाको परिवारलाई नगद तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको हो।
नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समितिका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा र मेरिङदेन गाउँ कार्यपालिका सदस्य अमृता मगर (शेर्पा) को उपस्थितिमा बिहीबार बिहान १९ हजार ७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको बताइएको छ। उक्त रकम सङ्घको मेरिङदेन गाउँ कार्यसमितिले सङ्कलन गरेको थियो।
त्यस्तै, पीडित परिवारलाई चामल, दाल, नुन, खाने तेल र साबुनलगायत दैनिक उपभोग्य सामग्रीसमेत सहयोग गरिएको छ।
गत मङ्सिर ४ गते मध्यरातमा विद्युत् सर्ट भई आगलागी हुँदा शेर्पाको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।
सहयोग गर्ने सम्पूर्ण दाताहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति सङ्घले आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि पीडित परिवारको जीवन सहज बनाउन सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेको सङ्घले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

नेपाल शेर्पा सङ्घ मेरिङदेनद्वारा सान्थाक्राका अग्निपीडितलाई आर्थिक सहयोग
रेडियो ताप्लेजुङ मंसिर १० गते ।नेपाल शेर्पा सङ्घ मेरिङदेन गाउँपालिका ताप्लेजुङले मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अग्निपीडित परिवारलाई
..jpeg)
मिक्वाखोलाको अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना : ८४० विद्यार्थीले पाए न्यानो कपडा
रेडियो ताप्लेजुङ मंसिर १० गते ।मिक्वाखोला गाउँपालिकाले ‘अध्यक्ष/उपाध्यक्ष शैक्षिक सुधार परियोजना’ अन्तर्गत पालिकाभित्रका चारवटा माध्यमिक

दशौँ राष्ट्रिय खेलकुदमा ताप्लेजुङबाट बुद्धिचालमा छनोट भए सेम सुब्बा
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालको कोशी प्रदेश छनोटमा ताप्लेजुङका सेम सुब्बा छनोट भएका छन्।


..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस