ताजा खबर

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

SITENAME

रेडियो ताप्लेजुङ


असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित बर्थिङ सेन्टरको सोमबार विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको हो।

कोशी प्रदेश सरकार र मिक्वाखोला गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त भवन निर्माण सम्पन्न भएको पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार एक्सरे मेसिनसहितका सेवा सुविधा प्रदान गरिने उक्त बर्थिङ सेन्टरमा मातृत्वसम्बन्धी जिल्ला अस्पताल ताप्लेजुङ बराबरको सेवा प्राप्त हुनेछ। दक्ष जनशक्ति रहेकाले प्रभावकारी सेवा सञ्चालन हुने उहाँले बताउनुभएको छ। दुर्गम क्षेत्र भनेर चिनिने पापुङमा बर्थिङ सेन्टर स्थापना हुनुले सुत्केरी र शिशुको कल्याणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।

अत्यावश्यक सुविधा पापुङमा सञ्चालन गर्न पाउँदा आफूहरूलाई गौरव महसुस भएको पालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो। मिक्वाखोलाको उपल्लो क्षेत्र भनेर चिनिने पापुङमा किलिङसम्म मोटरबाटो पुर्‍याएको र अब लोदेन हुँदै टिपतलासम्म जोड्ने लक्ष्य पालिकाले लिएको उहाँले बताउनुभयो।

स्थानीयस्तरमै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउने तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

SITENAME

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको

SITENAME

नवरात्रको पहिलो दिन झन्डै एक हजार भक्तजन पाथीभरा पुगे

रेडियो ताप्लेजुङ असोज २५ गते ।नवरात्रको पहिलो दिन प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज झन्डै एक हजार जना भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास