दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ
असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै विभिन्न बहानामा अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, सामानहरू अनावश्यक भण्डारण गर्ने, कार्टेलिङ गर्ने र गुणस्तरहीन वस्तु बिक्री वितरण गर्ने जस्ता गुनासोसमेत आएकाले त्यस्ता कार्य नगर्न नगराउन अनुरोध गर्नुभएको हो।
साथै, प्रशासनले मूल्यसूची टाँस गरी व्यवसाय गर्न, बिलविजक अनिवार्य गर्न तथा गुणस्तरीय र उपभोग्य वस्तुहरू मात्र बिक्री वितरण गर्न सूचित गरेको छ।
कुनै पनि व्यवसायमा पर्ने असुविधा एवं असुरक्षाबारे समयमा जानकारी गराउन आग्रह गर्दै प्रशासनले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता हित संरक्षणका लागि नियमित आपूर्ति र बिक्री वितरण हुने व्यवस्था मिलाउन भनेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न
रेडियो ताप्लेजुङ असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस