चिरीच्याट्ट पारियो पाथीभरा परिसर

रेडियो ताप्लेजुङ
असोज २४ गते ।नवरात्र प्रारम्भ भएस“गै तिर्थयात्रीको भिड लाग्ने पाथीभरा मन्दीर क्षेत्र धजापतका सहितका समग्रीले सजाएर चिरिच्याट्ट बनाइएको छ ।
नेपाल सरकारबाट गठित पाथीभरा क्षेत्र विकास समितिले यस वर्षदेखी हरेक तिर्थयात्रीलाई चीया र बिस्कुटपनि खुवाउने भएको छ ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दीर परिसरको बाहिर चीया र बिस्कुट वितरण गरिने कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
‘काफ्लेपाटीबाट ५ किलोमिटर उकालो हिडेर पुग्नु पर्छ, तिर्थयात्रीहरु थकेको सिथिल भएको र कतिपयलाई लेक लाग्ने जोखिम समेत भएकाले न्यानोको लागि चिया खुवाउने व्यवस्थापन मिलाइएको हो’ हाङवाङले भने ।
यसअघिपनि चिया पिउन चाहने तिर्थयात्री लाई दिने गरिएको थियो । यस वर्षदेखि भनें कार्यक्रमनै राखेर नौरथ देखि चीया विस्कुट वितरण गर्ने समितिले जनाएको हो ।
मन्दीर क्षेत्र तिर्थयात्रीले आहा भन्ने अनुभुती गर्नेगरी सजाइएको साितिले जनाएको छ ।
‘हामिले अघिल्ला वर्ष देखिनै सजाउने गरेका थियौं,’ कार्यकारी निर्देशक हाङवाङले भने, ‘पहिला लगाएको धजापतका पुरानो भएपछि र नौरथमा पुजा विधि समेत गर्नुपर्ने भएकाले सजावट गरिएको छ ।
अघिल्ला वर्ष स्थानीय उतपादनको प्रयोग गरिएपनि लामो समय नटिकेपछि यसवर्ष लामो टिकाउ हुनेगरीको सामग्री प्रयोग गरिएको समितिले जनाएको छ ।
दशैंको अगाडी र पछाडि तिर्थयात्रीको भिड लागे व्यवस्थापनकालागि स्वंसेवक परिचालन गर्ने, लाइन लगाएर पुजा गराउने व्यवस्थापन मिलाउने जस्ता काम गरिएको समितिले जनाएको छ ।

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस