ताजा खबर

दोभान अग्निपीडितलाई ५ लाख ६० हजार सहयोग

SITENAME

रेडियो ताप्लेजुङ


असोज २२ गते । नेपाल बौद्ध महायान केन्द्र गुम्बा (कपन गोन्पा) तथा कपन हेल्पिङ ह्यान्ड्सको सहयोग र नेपाल  शेर्पा सङ्घ जिल्ला समन्वय समितिको समन्वयमा बिहीबार दोभान अग्निपीडितलाई ५ लाख ६० हजार रुपैयाँ राहत प्रदान गरिएको छ।

क्षतिको विवरणका आधारमा १६ पीडित परिवारलाई उक्त रकम वितरण गरिएको शेर्पा सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार अधिकतम ५६ हजारदेखि न्यूनतम १७ हजार ६ सय रुपैयाँसम्म क्षतिको विवरणका आधारमा प्रदान गरिएको हो।

गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित परिवारलाई पुनःस्थापना गर्ने उद्देश्यले विभिन्न निकायबाट राहत वितरण कार्य जारी छ। मेरिङदेन गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र नाल्बोका अनुसार हालसम्म २० लाख ६१ हजार ९ सय ८० रुपैयाँ राहतस्वरूप सङ्कलन भई पीडितलाई प्रदान गरिएको छ। सहयोगी दाताहरूले नगद तथा दैनिक उपभोग्य सामग्रीहरू समेत उपलब्ध गराएका छन्।

सहयोगका लागि मेरिङदेन गाउँपालिकाले भने प्रकोप व्यवस्थापन खाता समेत सञ्चालनमा ल्याएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

 

प्रतिकृया दिनुहोस
SITENAME

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

SITENAME

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

SITENAME

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको