ताजा खबर

लागू औषधसहित हुलाक लाइनबाट एक पुरुष पक्राउ

SITENAME

रेडियो ताप्लेजुङ



असोज २१ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ। फुङ्लिङ नगरपालिका–४ स्थित हुलाक लाइन बस्ने ४१ वर्षीय रोहित श्रेष्ठलाई पक्राउ गरिएको सूचना अधिकारी बिन्देश्वर यादवले बताउनुभएको छ।

श्रेष्ठले लागू औषध बिक्री  गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा मङ्गलबार अपराह्न जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरनजिकै शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो।

घरमा लुकाइछिपाइ राखेको अवस्थामा लागू औषध खैरो हिरोइनजस्तो देखिने पदार्थ २.८९० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई पक्राउ गरी ताप्लेजुङ जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा २२ (ग) बमोजिम २३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

SITENAME

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

SITENAME

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको