ताजा खबर

इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो

SITENAME

रेडियो ताप्लेजुङ



असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि  सुरु गरेको छ ।  
 हाललाई अफलाईन सेवा प्रदान गर्न थालिएको कायममुकायम शाखा अधिकृत श्यामलाल पन्थीले जानकारी दिनुभयो । नेपाल टेलिकमको इन्टरनेट जडान पश्चात अनलाइन सेवा सञ्चालन गरिने बताइएको छ । 
गत भाद्र ५ गतेदेखि सेवा  प्रारम्भ गरेको कार्यालयले हालसम्म १९४ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। 
यसरी सेवा लिनेमा ११८ जनाले नयाँ नागरिकता,७१ जनाले नागरिकता प्रतिलिपि,चारजनाले आदिवासी जनजाति सिफारिस र एकजनाले नाबालक परिचयपत्रको सेवा लिएका छन्।  
जिल्लाका पूर्वी भागका सर्वसाधारणलाई प्रशासनिक सेवा सहज रूपमा पुर्‍याउन स्थापना गरिएको इलाका प्रशासन स्थापना भएपछि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम फुङ्लिङमा नागरिकता लगायत प्रशासनिक काममा आउनुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा राहधानीलगायत थप सेवा विस्तार गर्दै जाने प्रशासनले जानाएको छ। 


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

SITENAME

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा

रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

SITENAME

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन

रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको