ताप्लेजुङ प्रशासनमा श्रावणयता २७५ थान राहदानी आयो

रेडियो ताप्लेजुङ
असोज २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले श्रावण १ गतेयता २७५ सेवाग्राहीका राहदानी राहदानी विभागबाट प्राप्त भएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवप्रसाद भट्टराईका अनुसार संकलित राहदानी सेवाग्राहीको ठेगानामै पठाइनेछ।
सेवाग्राहीहरूले राहदानीको फाराम भर्दाखेरि नै कहाँबाट लिने भनेर उल्लेख गर्ने गरेका हुन्छन्। सोहीअनुसार हुलाकमार्फत सम्बन्धित ठेगानामा पुर्याइने उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयबाटै लिन चाहने सेवाग्राहीले प्रशासनबाट पनि आफ्नो राहदानी बुझ्न सक्ने प्रशासनले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस