राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग
.jpeg)
रेडियो ताप्लेजुङ
असोज १८ गते ।
गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति ताप्लेजुङ क्षेत्र ‘ख’ले आर्थिक सहयोग गरेको छ।
आइतबार आगलागी स्थल दोभान बजार पुगेको राप्रपा प्रतिनिधिको टोलीले नगद रु. ५१ हजार प्रदान गरेको मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिले जनाएको छ। उक्त रकममध्ये क्षतिको विवरणअनुसार अधिकतम ६ हजार ५ सयदेखि न्यूनतम २ हजार रुपैयाँसम्म प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
जम्मा १५ जना परिवारले उक्त राहत रकम बुझेका हुन्।
विद्युत् सर्ट भई आगलागी हुँदा दोभान क्षेत्रका १० घर जलेर नष्ट भएका छन्। उक्त घरमा बसोबास तथा व्यापार गर्दै आएका १५ परिवार विस्थापित भएका छन्। विभिन्न निकायले राहत सामग्री तथा नगद सहयोग गरिरहेका छन्। मेरिङदेनले सहजताका लागि प्रकोप व्यवस्थापन बैंक खातासमेत सञ्चालनमा ल्याएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस