ताप्लेजुङमा खाद्यले चिनी पनि बिक्री गर्न थाल्यो, पर्याप्त मौज्दात रहेको जनाउ
..jpeg)
किरण गदाइली
ताप्लेजुङ,असोज १४ गते।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले सहुलियत मूल्यमा चिनीको बिक्री वितरण पनि सुरु गरेको छ।
यसअघि सहुलियत दरमा चामल बिक्री गर्दै आएको कार्यालयले मङ्गलबारदेखि नियमित रूपमा चिनी पनि बिक्री गर्न थालेको हो।
उपभोक्ताले अब प्रतिकिलो ११० रुपैयाँका दरले चिनी खरिद गर्न सक्ने कार्यालय प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभएको छ। यो ताप्लेजुङका बजार पसलमा हाल बिक्री भइरहेको चिनीको मूल्यभन्दा सस्तो हो। स्थानीय बजारमा चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पर्ने गरेको छ। खाद्य कम्पनीबाट चिनी खरिद गर्दा उपभोक्ताले प्रतिकिलो ३० रुपैयाँ बचत गर्न सक्नेछन्।
कार्यालय प्रमुख तिम्सिनाका अनुसार चिनीको बिक्री वितरणलाई वर्षभरि निरन्तरता दिइनेछ। त्यस्तै, कार्यालयको सातौँ वार्षिकोत्सवको अवसर पारेर साउन २८ गतेदेखि छुटसहित बिक्री हुँदै आएको चामलको बिक्री वितरणलाई पनि वर्षभरि निरन्तरता दिइने कम्पनीले जनाएको छ।
कार्यालयमा पर्याप्त मौज्दात रहेकाले चाडबाडका बेला चामल तथा चिनीको अभाव हुने चिन्ता लिनु नपर्ने प्रमुख तिम्सिनाले बताउनुभएको छ। मौज्दात सकिनुअघि नै थप सामग्री ल्याउने व्यवस्था गरिएकाले उपभोक्ताले चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ। खाद्यान्नको मूल्यसमेत केन्द्रबाट निर्धारण हुने उहाँले जानकारी दिनुभयो।
कार्यालय प्रमुख तिम्सिनाका अनुसार कम्पनीले हाल ‘अरुवा सोना मन्सुली’ र ‘स्टिम जिरा मसिनो’ चामल बिक्री गरिरहेको छ। कम्पनीले चामलमा प्रतिबोरा १२५ रुपैयाँ र प्रतिक्विन्टल ५०० रुपैयाँ छुट दिँदै आएको जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख
रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार

फुङ्लिङका बजार पसल कात्तिक २७ गतेसम्म शुक्रबार पनि खुला रहने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १४ गते । शुक्रबार बन्द हुँदै आएका ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बजार तथा पसल चाडपर्वलाई लक्षित गरी असोज १६ गतेदेखि





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस