सहमति जुट्न नसकेपछि ताप्लेजुङ कांग्रेसले क्षेत्रीय अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गर्यो

रेडियो ताप्लेजुङ
असोज १३ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन सहमतिबाट गर्न नसकेपछि पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
सोमबार जिल्ला कार्यसमितिको अनुरोधमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयको निर्देशनअनुसार सबै पदमा सहमति जुटाउन समय माग भएपछि तत्कालका लागि निर्वाचन कार्यतालिका स्थगित गरिएको थियो। तर, सहमति हुन नसकेपछि पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरी सोहीअनुसार प्रक्रिया अघि बढाइएको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ।
कांग्रेसले पुनः सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार अपराह्न ३:४५ देखि ४:४५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको थियो।
त्यस्तै, साँझ ४:४५ देखि ५:४५ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन,५ : ४५ देखि ६ :१५ बजेसम्म उम्मेदवारको दरखास्तमा दाबीविरोध, ६:१५ देखि ६:३५ बजेसम्म दोस्रो नामावली प्रकाशन, ६:३५ देखि ७ बजेसम्म नाम फिर्ता लिने र ७ देखि ७:३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
बुधबार मतदान हुने कार्यक्रम रहेको छ। बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म मतदान हुने र दिउँसो २ बजे मतपरिणाम सार्वजनिक गरिने नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न
रेडियो ताप्लेजुङ असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना

नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिको नतिजा सार्वजनिक (कसले जिते को हारे?)
रेडियो ताप्लेजुङ असोज १६ गते । नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिकालागि भएको मतदानको नतिजा सार्वजनीक भएको छ । शुक्रबार विहान





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस