२ महिनामा ताप्लेजुङमा १० वटा लैङ्गिक हिंसाका घटनामा परामर्श सेवा

रेडियो ताप्लेजुङ
असोज १२ गते । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले ताप्लेजुङमा साउन र भदौ महिनामा १० वटा लैङ्गिक हिंसाका घटनामा परामर्श सेवा प्रदान गरेको छ।
व्यवस्थापन केन्द्रले सोमबार जिल्ला अस्पताल ताप्लेजुङमा आयोजित एक कार्यक्रमका क्रममा उक्त जानकारी गराएको हो। केन्द्रका फोकल पर्सन विजया राईका अनुसार सबैभन्दा धेरै बलात्कारका चारवटा घटनामा परामर्श सेवा प्रदान गरिएको छ। यस्तै, शारीरिक दुर्व्यवहारका तीनवटा र अन्य तीनवटा घटनामा परामर्श सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
उक्त केन्द्रअन्तर्गतको लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको चौमासिक बैठकले चालु आर्थिक वर्षमा ९ लाख ३१ हजार रुपैयाँ बजेट बराबरका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
उक्त रकमबाट परामर्श सेवा, प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक कार्यक्रम, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ।
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसामा परेका व्यक्तिले उपचार, परामर्श, कानुनी तथा सुरक्षा सहयोगका लागि विभिन्न कार्यालय धाइरहन नपरोस् भनेर अस्पतालमा आधारित एकीकृत सेवा दिने केन्द्र हो। नेपालमा यस्तो सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन
रेडियो ताप्लेजुङ असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ

अब फक्ताङलुङका नागरिकले एक्सरे सेवाका लागि सदरमुकाम जानु नपर्ने
रेडियो ताप्लेजुङ भाद्र २७ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारबाट आधारभूत स्वास्थ्य चौकी





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस