महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ
आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित गर्नुपरेको नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसनले जनाएको छ। काठमाडौँबाट ताप्लेजुङका लागि उडान भर्न ठिक्क परेको जहाजमा इन्धन पास नभएर समस्या आएपछि आजको उडान रद्द गरिएको स्टेसनले जनाएको हो।
स्टेसनका अनुसार जहाजमा यात्रुसमेत चढाइसकिएको थियो। तर, अन्तिम समयमा प्राविधिक समस्या देखिएपछि उडान स्थगित गर्नुपरेको हो।
सुकेटार विमानस्थलमा पछिल्लो समय जेठ २२ गतेदेखि नियमित उडान सेवा ठप्प रहेको छ। विमानस्थल भए पनि नियमित उडान नहुँदा ताप्लेजुङका नागरिकले हवाई सेवाको सुविधा प्रभावकारी रूपमा उपयोग गर्न पाइरहेका छैनन्।
यसअघि ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ हप्तामा तीन दिन हवाई सेवा सञ्चालन गर्ने भनिएको थियो। तर, मौसमको समस्या, यात्रु अभावलगायतका कारण उडान सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।
शरद ऋतु तथा चाडपर्वको मौसम सुरु भएकाले सुकेटार विमानस्थलमा नियमित र प्रभावकारी रूपमा उडान सञ्चालन भए ताप्लेजुङ भित्रिने पर्यटक तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

जिसस ताप्लेजुङद्धारा वडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जिल्लाका समसामयिक विषयमा छलफल
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला समन्वय समिति ताप्लेजुङले वडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा जिल्लाका विभिन्न सरोकारका विषयमा

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस