ताजा खबर

पाथीभरा याङवरकले ६ विधाका खेलमा प्रशिक्षक राख्ने

SITENAME

रेडियो ताप्लेजुङ
असोज १गते ।
 ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई दृष्टिगत गर्दै विभिन्न ६ विधाका खेलमा प्रशिक्षक नियुक्त गर्ने भएको छ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका लागि प्रशिक्षक नियुक्त गर्न लागिएको हो। पालिकाले बुधबार सूचना प्रकाशन गर्दै इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ।

गत भाद्र ११ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार इच्छुक आवेदकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनुपर्नेछ।

प्रशिक्षक पदका लागि नेपाली नागरिक, २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको तथा निरोगिताको प्रमाणपत्र भएको हुनुपर्नेछ। साथै सम्बन्धित खेल विधामा खेल प्रशिक्षकसम्बन्धी तालिम लिएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

प्रशिक्षक नियुक्त गर्दा पाथीभरा याङवरक गाउँपालिकाका स्थायी बासिन्दालाई प्राथमिकता दिइनेसमेत पालिकाले जनाएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ

रेडियो ताप्लेजुङ असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय

SITENAME

दशौँ राष्ट्रिय खेलकुद ताप्लेजुङ जिल्ला छनोट असोज २६, २७ र २८ गते

किरण गदाइली असोज १८ गते । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङ जिल्ला खेलाडी

SITENAME

दशौँ राष्ट्रिय खेलकुद : ताप्लेजुङबाट छनोटमा सहभागी हुन असोज १९ गतेभित्र आवेदन दिनुपर्ने

मदन गौतम ताप्लेजुङ, असोज १४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद