जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु

रेडियो ताप्लेजुङ
भाद्र ८ गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि 'क्यूआर पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा सेवाग्राहीहरूको गुनासो बढेको थियो । "सरकारी कारोबार निर्देशिका २०७६ " बमोजिम मंगलबारबाट यो सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीले भुक्तानी गरेको रकम जिल्ला अस्पताल ताप्लेजुङको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जानेछ । टाढाबाट आएका,रातिको समयमा नगद कारोबारमा समस्या हुने सेवाग्राहीलाई विशेष सहजता हुने अस्पतालले विश्वास लिएको छ।
हाल भने क्युआर भुक्तानी परीक्षणको क्रममा रहेकाले अति आवश्यकले मात्रै प्रयोग गर्न अस्पतालले अनुरोध गरेको छ।
अब कार्यालयले उपलब्ध गराएको आधिकारिक क्यूआर कोड स्क्यान गरेर सेवा शुल्क/राजस्व तिर्न सकिन्छ । मोबाइल बैंकिङ, डिजिटल वालेट वा अन्य क्यूआर-समर्थित माध्यमबाट रकम भुक्तानी गर्न सकिने बताइएको छ ।
यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित

मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन
रेडियो ताप्लेजुङ असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ

२ महिनामा ताप्लेजुङमा १० वटा लैङ्गिक हिंसाका घटनामा परामर्श सेवा
रेडियो ताप्लेजुङ असोज १२ गते । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले ताप्लेजुङमा साउन र भदौ महिनामा १० वटा लैङ्गिक हिंसाका





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस