ताप्लेजुङमा भाग्यशाली चिठ्ठा कार्यक्रमः बुलेटबाईकदेखि फ्रिजसम्म उपहार
..jpeg)
रेडियो ताप्लेजुङ
असोज २८ गते । चाडपर्वहरुको अबसरमा ताप्लेजुङमा मंसिर २९ गते भाग्यशाली चिठ्ठा सार्वजनिक गर्नेगरि चिठ्ठा कार्यक्रम सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरमा पुरस्कारै पुरस्कारसहितको चिठ्ठा कार्यक्रम सुरु गरिएको हो । प्रथम पुरस्कार क्लासिक बुलेट बाइक ३ सय ५० सीसीको १ थान, दोश्रो पुरस्कार टिभिएस स्कुटर १ सय २५ सीसीको १ थान, तेश्रो पुरस्कार ‘साम्सुङ ग्यालेक्सी एस २५’अल्ट्रा मोवाईल १ जनालाई, चौथो पुरस्कार फ्रिज ३ थान ३ जनालाई,पाँचौ पुरस्कार वासिङ मेसिन ३ सेट ३ जनालाई, छैटौ पुरस्कार वाटर डिस्पेन्सर ३ सेट ३ जनालाई र सातौ पुरस्कार हिटर ३ सेट ३ जनालाई प्रदान गर्ने भएको छ ।
फुङलिङ स्र्पोटिङ यूवा क्लवको आयोजनामा चिठ्ठा कार्यक्रम गरिएको क्लबका सन्तोष गुरुङले जानकारी दिनुभयो । टिकट दर एक हजार रुपैयाँ छ ।
सदरमुकामस्थित तोक्मे डाँडामा चिठ्ठा खोलिने आयोजकले जनाएको छ ।

‘अब तमोर रातो बग्छ’ को ताप्लेजुङमा समीक्षा
किरण गदाइली ताप्लेजुङ, असोज २३ गते । पाँचथर निवासी साहित्यकार डा. मधुराज केरुङको गजल कृति ‘अब तमोर रातो बग्छ’ को ताप्लेजुङमा विशेष समीक्षा भएको छ।

फुङ्लिङ नगरपालिकाद्वारा वरिष्ठ साहित्यकार थापा १ लाख ५१ हजार रूपैयाँ सहित सम्मानित
रेडियो ताप्लेजुङ भाद्र १५ गते ।फुङ्लिङ नगरपालिकाले वरिष्ठ साहित्यकार राजेश्वर थापालाई सम्मान गरेको छ। नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा





..jpeg)
.jpeg)


प्रतिकृया दिनुहोस