'मातृभूमि'ले असोज २१ गते ताप्लेजुङमा 'मन्त्र ' ल्याउने

किरण गदाइली
ताप्लेजुङ,भाद्र २० गते ।प्रख्यात ब्यान्ड ' मन्त्र 'ले आगामी असोज २१ गते ताप्लेजुङमा आफ्नो प्रस्तुति दिने भएको छ।
ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङको भानु जन माविमा उक्त ब्यान्डको प्रस्तुति रहने कार्यक्रमको आयोजक संस्था 'मातृभूमि ब्यान्ड ' फुङ्लिङले जनाएको छ ।
सदरमुकाम फुङ्लिङमा सामूहिक गतिविधिहरू आयोजना गर्नका लागि निर्माणाधीन 'ङावोरक सङ्जुम्बो फुङ्लेङ 'भवनका लागि आवश्यक थप जग्गा खरिदार्थ आर्थिक सङ्कलन गर्न उक्त सांगीतिक कार्यक्रम आयोजना गरिएको मातृभूमिले बताएको छ ।
भवन निर्माण सम्पन्न पश्चात् विवाह ,व्रतबन्ध, पूजापाठ लगायतका सामाजिक तथा धार्मिक गतिविधिहरू आयोजना गर्न सहज हुनेछ । विभिन्न गोष्ठी ,सेमिनार लगायतका कार्यक्रमहरू पनि एकै ठाउँबाट गर्न तथा इन्डोर गतिविधिहरू गर्न सकिने सुविधा सम्पन्न भवन निर्माणका लागि विगतदेखि नै मातृभूमिले तिहारमा सांगीतिक कार्यक्रम लगायतको आयोजना गर्दै आएको छ।
शुक्रबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै
मातृभूमि ब्यान्डका ब्यान्ड म्यानेजर किरण मादेनले ताप्लेजुङमा स्थानापना भएको मातृभूमि ब्यान्डले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै केही निष्क्रिय जस्तो देखिएको ब्यान्ड अब पुनः सक्रिय हुने बताउनुभयो।
उहाँका अनुसार दार्जिलिङको ख्याति प्राप्त ब्यान्ड 'मन्त्र 'ले आफ्नो नेपाल टुर पनि ताप्लेजुङको सांगीतिक कार्यक्रमबाटै सुरु गर्न लागेको हो।
'ङावोरक सङ्जुम्बो फुङ्लेङ 'का उपाध्यक्ष तथा कार्यक्रम आयोजक संस्थाका कोषाध्यक्ष राजदीप मादेनले भवन निर्माणका लागि जग्गा खरिद गर्न अनुमानित १२ लाख लाग्ने बताउँदै अनुमानित कुल २८ लाख रुपैयाँ उक्त कार्यक्रमबाट सङ्कलन गर्ने लक्ष्य लिएको बताउनुभयो।
कार्यक्रममा सहभागी हुने ब्यान्डलाई सात लाख रुपैयाँ दिइने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति राख्ने बताइएको छ ।
नेपाली भूगोलबाट सीमापार रहेको 'मन्त्र ब्यान्ड'ले नेपाली राष्ट्रभक्तिले ओतपोत गीत 'हिमाली नेपाली ', 'संस्कृति ' जस्ता गीतहरू बजारमा ल्याएको छ भने नेपाली पप क्षेत्रमा कालजयी बनेको गीत 'सधैँ सधैँ आइरहन्छ ' पनि मन्त्रको कृति हो।

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह
रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक
रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका







प्रतिकृया दिनुहोस