ताजा खबर

मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ।

शिक्षा शाखा अधिकृत (सातौँ) खगेन्द्र कुमालका अनुसार गाउँपालिकाले चार जना प्रशिक्षक नियुक्त गर्न लागेको हो।

पालिकाका अनुसार भलिबल, कराते, तेक्वान्दो र उसु विधाका लागि प्रशिक्षक नियुक्त गरिनेछ। यसपटक सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि आवश्यक प्रशिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले पालिकाले सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

नियुक्त हुने प्रशिक्षकहरूले तीन महिनासम्म करार सेवामा रहेर काम गर्नुपर्नेछ। सम्बन्धित खेल विधामा प्रशिक्षणको अनुभव भएकाले आवेदन दिन सक्ने बताइएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

दशौँ राष्ट्रिय खेलकुदमा ताप्लेजुङबाट बुद्धिचालमा छनोट भए सेम सुब्बा

रेडियो ताप्लेजुङ  मङ्सिर ९ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालको कोशी प्रदेश छनोटमा ताप्लेजुङका सेम सुब्बा छनोट भएका छन्।

SITENAME

साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने

रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल

SITENAME

धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध

रेडियो ताप्लेजुङ मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा