दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग

रेडियो ताप्लेजुङ
कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री सत्य साई सेवा संगठनले भौतिक सहयोग गरेका छन्।
विपद् व्यवस्थापन समिति मेरिङदेन गाउँपालिकाका अनुसार इसाई तथा क्रिस्टियन समाज ताप्लेजुङको समन्वयमा कोशी प्रदेश इसाई समाज र ताप्लेजुङ जिल्लाका सबै पालिका समाजको संयुक्त सहयोगमा ३ लाख ७६ हजार ७१० रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
उक्त सहयोग रकम आगलागीबाट भएको क्षतिको विवरणअनुसार पीडित परिवारलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, आजै सत्य साई सेवा संगठन नेपालले ब्ल्याङ्केट, सिरानी, तन्ना, डस्नालगायतका सामग्री पीडित परिवारहरूलाई हस्तान्तरण गरेको छ।
गत असोज ८ गते दिउँसो भएको आगलागीबाट साढे १४ करोड रुपैयाँभन्दा बढी क्षति भएको विवरण सार्वजनिक भएको छ। भौतिक रूपमा उपस्थित भएर राहत पुर्याउन असम्भव भए पालिकाले सञ्चालनमा ल्याएको ‘प्रकोप व्यवस्थापन खाता’मा समेत रकम सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रतिनिधिसभा सदस्य न्यौपाने गृह जिल्ला ताप्लेजुङमा
रेडियो ताप्लेजुङ कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएको छ। बडादशैँका

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान
रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त
..jpeg)
दसैँअघि जन्मगाउँमा गाडी पुर्याउन नसकेको भन्दै पालिका अध्यक्षद्वारा क्षमायाचना
रेडियो ताप्लेजुङ असोज ३१ गते । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै क्षमा माग्नुभएको




..jpeg)
..jpeg)



प्रतिकृया दिनुहोस