ताजा खबर

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री सत्य साई सेवा संगठनले भौतिक सहयोग गरेका छन्।

विपद् व्यवस्थापन समिति मेरिङदेन गाउँपालिकाका अनुसार इसाई तथा क्रिस्टियन समाज ताप्लेजुङको समन्वयमा कोशी प्रदेश इसाई समाज र ताप्लेजुङ जिल्लाका सबै पालिका समाजको संयुक्त सहयोगमा ३ लाख ७६ हजार ७१० रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

उक्त सहयोग रकम आगलागीबाट भएको क्षतिको विवरणअनुसार पीडित परिवारलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, आजै सत्य साई सेवा संगठन नेपालले ब्ल्याङ्केट, सिरानी, तन्ना, डस्नालगायतका सामग्री पीडित परिवारहरूलाई हस्तान्तरण गरेको छ।

गत असोज ८ गते दिउँसो भएको आगलागीबाट साढे १४ करोड रुपैयाँभन्दा बढी क्षति भएको विवरण सार्वजनिक भएको छ। भौतिक रूपमा उपस्थित भएर राहत पुर्‍याउन असम्भव भए पालिकाले सञ्चालनमा ल्याएको ‘प्रकोप व्यवस्थापन खाता’मा समेत रकम सहयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान

रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त

SITENAME

दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मेरिङदेन

SITENAME

पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन

रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका