संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै
..jpeg)
रेडियो ताप्लेजुङ
असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत दसैँ–तिहारको शुभकामनासहित भिडियो सन्देश जारी गर्दै मादेनले कात्तिक १६ गते श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसर पारेर उक्त पार्टीमा प्रवेश गर्ने खुलासा गर्नुभएको हो।
देशमा ऐतिहासिक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भई नयाँ युगमा प्रवेश गरेसँगै देशको आर्थिक समृद्धिको अभियानमा वैकल्पिक नयाँ राजनीतिक पार्टीको आवश्यकता ठानी आफू २०७२ सालमा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएको भिडियो सन्देशमा खुलाउनुभएको छ। मादेनले २०७६ सालदेखि भने आफू निष्क्रिय रहेको जिकिर गर्नुभएको छ। यद्यपि, नेकपा एमालेमा उहाँको सक्रियता देखिन्छ।
“म कहिल्यै कसैको नराम्रो सोचिनँ, त्यसैले मलाई आफ्नो भाग्यसँग कुनै गुनासो छैन। मेहनत मेरो हो। बाँकी न्याय जनता र समयको हो,” मादेनले अगाडि भन्नुभएको छ।
मादेन २०६४ सालको संविधानसभा निर्वाचनबाट तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट संविधानसभा सदस्य बन्नुभएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रतिनिधिसभा सदस्य न्यौपाने गृह जिल्ला ताप्लेजुङमा
रेडियो ताप्लेजुङ कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएको छ। बडादशैँका

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग
रेडियो ताप्लेजुङ कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान
रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त




..jpeg)
..jpeg)



प्रतिकृया दिनुहोस