दोभान अग्निपीडितलाई ५० हजार आर्थिक सहयोग

रेडियो ताप्लेजुङ
असोज ३१ गते । मेरिङदेन गाउँपालिका–३ दोभान बजारका अग्निपीडितलाई ५० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।
मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पेम्बा टाँसी शेर्पा र स्थानीय समाजसेवी पासाङ लामाको पहलमा लुङथुङ सम्पर्क मञ्च, फक्ताङ्लुङ, काठमाडौँबाट उक्त रकम प्राप्त भएको हो।
प्राप्त रकमबाट १६ परिवारलाई प्रतिपरिवार ३ हजार १२० रुपैयाँका दरले प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गत असोज ८ गते दिउँसो भएको आगलागीबाट उक्त क्षेत्रका १० घर जलेर नष्ट हुँदा करोडौँको क्षति भएको छ। विभिन्न निकायले आगलागीस्थलमै पुगेर आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् भने पालिकाले प्रकोप व्यवस्थापन खाता सञ्चालनमा ल्याएर उक्त खातामार्फत समेत सहयोग गर्न अपिल गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग
रेडियो ताप्लेजुङ कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री

निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान
रेडियो ताप्लेजुङ कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त
..jpeg)
पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका




..jpeg)
..jpeg)



प्रतिकृया दिनुहोस